Home | Blogs

लिण्टेल र सिल ब्याण्ड भनेको के हो ?

लिण्टेल र सिल ब्याण्ड भनेको के हो ?
Mar 19, 2024 Blog By: Expert Sewa Pvt. Ltd.

लिन्टेल र सिल व्यान्ड भनेको के हो ?
घर बनाउदा झ्याल तथा ढोकाको माथि राखिने ब्यान्डलाई लिन्टेल ब्यान्ड भनिन्छ।  यो व्यान्ड बनाउन आर सी सी , पी सी सी वा ढुङ्गाको प्रयोग गर्न सकिन्छ।  यसलाई कोठाको भुई देखि २.१ देखि २.३ मिटर सम्ममा बनाउन सकिन्छ।  यसको मोटाइ ३ देखि ४ इन्चको हुनुपर्दछ। 
झ्याल तथा ढोकाको माथि राखिने व्यान्डलाइ लिन्टेल व्यान्ड भनिन्छ भने झ्यालको तथा ढोकाको चौकोसको तल राखिने ब्यान्डलाई सिल व्यान्ड भनिन्छ।  यसलाई पनि बनाउन आर सी सी , पी सी सी वा ढुङ्गाको प्रयोग गर्न सकिन्छ।  यसलाई कोठाको भुई देखि ०.६ देखि ०.९ मिटर सम्ममा बनाउन सकिन्छ।  यसको मोटाइ ३ देखि ४ इन्चको हुनुपर्दछ।

लिन्टेल / सिल व्यान्ड किन बनाउने त ?
झ्यालको चौकोसले मात्रै इट्टाको गारोको भार बहन गर्न सक्दैन त्यसैले लिन्टेल बनाउने गरिन्छ जसले गारोको भारलाई घरको अरु संरचनामा बाड्ने काम गर्दछ। यसले झ्यालको चौकोस र भित्ताको जोइन्ट बिचमा क्रयाक आउने समस्यालाई न्युनिकरण गर्छ।  संगसगै यसले झ्यालको चौकोस राख्नको लागि समथल भाग प्रदान गर्दछ।  यदि राम्रो संग वाटर प्रुफिंग गर्दिने हो भने यो ब्यान्डले पानि छिरेर झ्यालको चौकोस बिग्रिनबाट रोक्छ।

सिल व्यान्ड र लिन्टेल व्यान्ड जस्तै अर्को एउटा व्यान्ड पनि हुन्छ जसलाई टाइ बिम वा टाइ ब्यान्ड भनिन्छ।  टाइ बिमको बारेमा पनि जान्न चाहनुहुन्छ भने अर्को ब्लग पढ्नुहोला। यो सम्बन्धि भिडियोमा हेर्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोला। 
घर बनाउन वा मर्मत सम्भार गर्न हामीलाई सम्झन सक्नुहुनेछ।  साथै बनिसकेको वा बन्दै गरेको घर चेक जाच गर्नको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ। 
एक्स्पर्ट सेवा - घर देखि दरबार सम्म 
सम्पर्क : ०१-५९०३२२४ / ९७०३२८४२५२ / ९८०४५८९४६६

Share:
Ratings
Rate this Post:

Connect with Us

Get In Touch

Pepsicola-32, Kathmandu 44600

+977 9802364187

info@expertsewa.com

News & Blogs
Quick Links

© Expert Sewa Pvt. Ltd. All Rights Reserved. Crafted by : SAIT Solution Nepal