Home | Blogs

महान् पर्व दशैँको महत्त्व र इतिहास

Dashain tika ceremony in Nepal with elders blessing younger family members
Sep 30, 2025 Blog By: Expert Sewa Pvt. Ltd.

महान् पर्व दशैँको महत्त्व र इतिहास

बडादसैँ नेपालीहरूको मात्र नभई सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूको लागि सर्वाधिक पावन र महान् पर्व हो। यसलाई नवरात्र, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले पनि चिनिन्छ। आश्विन महिनाको शुक्ल प्रतिपदादेखि सुरु हुने यो चाड दश दिनसम्म विशेष पूजा–आराधना गरेर मनाइन्छ। दशौँ दिन अर्थात् विजयादशमीका दिन मान्यजनहरूको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरी, पूर्णिमासम्म निरन्तर उत्सवका साथ मनाउने परम्परा रहेको छ।

दसैँलाई महान् पर्वू भन्ने कारण नै यसको राष्ट्रिय, सामाजिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्वमा निहित छ। नवरात्रिका नौ दिनमा देवी दुर्गाका नौ रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधात्री को पूजा गरिन्छ। महानवमीसम्मको आराधना पछि दशमीका दिन भगवतीले दानवी शक्तिमाथि विजय प्राप्त गरेकी र भगवान् रामले रावणलाई वध गरेर असत्यमाथि सत्यको विजय दिलाएको धार्मिक मान्यता रहेको छ। यही विजय उत्सवको प्रतीकका रूपमा यो पर्वलाई विजया दशमी भनिन्छ।

यस पर्वको रमाइलो पक्ष पनि उतिकै आकर्षक छ। मालश्री धुनको मधुर तालमा गाउने र नाच्ने परम्परा, टाढाटाढा रहेका आफन्तजन, साथीभाइसँगको भेटघाट, नयाँ लुगा लगाउने, मिठा परिकार खाने-ख्वाउने, पिङ खेल्ने, दक्षिणा दिने–लिने जस्ता अभ्यासहरूले यो पर्वलाई अनौठो स्वाद दिएको छ। यसले केवल धार्मिक पूजापाठमा सीमित नभई सामाजिक एकता, परिवारिक प्रेम र सांस्कृतिक मिलनको अवसर प्रदान गर्छ।

दसैँलाई नवरात्र वा दुर्गा पक्ष पनि भनिन्छ। प्रतिपदा अर्थात् घटस्थापनाका दिन घरघरमा जमरा राख्ने र नौ दिनसम्म विशेष पूजा गर्ने परम्परा छ। सप्तमीमा फूलपाती, अष्टमीमा महाकालीको आराधना, महानवमीमा देवी सिद्धिदात्रीसँगै शस्त्रपूजा र कन्या पूजा, अनि दशमीमा भगवती दुर्गालाई अर्पण गरी प्रसादस्वरूप टीका र जमरा ग्रहण गरिन्छ। यसरी दशैँका हरेक दिनले विशिष्ट धार्मिक र सांस्कृतिक सन्देश दिन्छ।

पौराणिक किंवदन्तीअनुसार दशैँको महत्व देवी दुर्गाले महिषासुर दैत्यलाई वध गरेर मानव जातिको रक्षा गरेको र भगवान् रामले रावणलाई पराजित गरेर सत्यलाई विजयी तुल्याएको घटनासँग जोडिएको छ। यसैले दशैँलाई सत्यको असत्यमाथिको विजयको प्रतीक मानिन्छ।

महासप्तमीमा घरघरमा बेलपत्र, उखु, कच्चु, केरा, अदुवा, धानका बाला आदि नौ प्रकारका पल्लव भित्र्याउने प्रचलन छ। यसलाई शरद ऋतुको स्वागत र रोगनाशक औषधीय गुणसँग पनि जोडिएको छ। महाअष्टमीमा भद्रकालीको विशेष पूजा गरी बलि दिने परम्परा छ भने महानवमीमा सवारी साधन, हातहतियार र कामकाजका उपकरणहरूको पूजा गरिन्छ। बलिको शास्त्रीय अर्थ त्यागू हो—मानवका काम, क्रोध, लोभ, मोह, मद, मत्सर आदि विकारहरूलाई देवीमन्दिरमा चढाउने अर्थात् त्याग गर्ने सन्देश दिने पर्व हो दशैँ।

विजया दशमीका दिन विशेष विधिपूर्वक भगवती दुर्गा र अन्य देवीदेवताहरूको आवाहन, पूजन, हवन र विसर्जन गरिन्छ। त्यसपछि घरघरमा मुलमान्छेले प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद बाँड्छन्। रातो र सेतो अक्षता, दही र अवीरले बनाइएको टीका मन, मस्तिष्क र विचारलाई पवित्र र सकारात्मक बनाउने प्रतीक मानिन्छ। यही दिनदेखि पूर्णिमासम्म टिका–प्रसाद ग्रहण गर्ने परम्परा निरन्तर रहन्छ।

कोजाग्रत पूर्णिमामा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यस दिन देवीले ूको जाग्रतिरुू भनेर धर्ती भ्रमण गर्ने र जो भक्त जाग्राम बसी पूजा गर्छ, उसैलाई धनधान्य र सम्पन्नताको आशीर्वाद दिने बताइन्छ। यसरी घटस्थापनादेखि सुरु भएको दशैँ पन्ध्र दिनपछि कोजाग्रत पूर्णिमामा सम्पन्न हुन्छ।

दसैँको प्राकृतिक पृष्ठभूमि पनि मनमोहक हुन्छ / धानका बाला लहलहाएका खेत, शरद ऋतुका उज्याला दिन, फुलफूलले सजिएका वन–उपवन, कृषकलाई दिने फुर्सद र आफन्तहरूसँग मिलनको अवसरले यसलाई जीवन्त बनाउँछ। यसैले दसैँलाई जीवनको उमङ्ग, समाजको एकता र संस्कृतिको निरन्तरताू का रूपमा पनि चिनिन्छ।

आज पनि दसैँको महत्त्व घटेको छैन। सरकारले यस अवसरमा लामो बिदा र तलब अग्रिम दिन्छ, मेलामेहफिलहरू लाग्छन्, गाउँबस्तीदेखि शहरसम्म हर्ष–उल्लास फैलिन्छ। दसैँले धार्मिक श्रद्धा मात्र होइन, पारिवारिक बन्धनलाई प्रगाढ बनाउन, चिसिएका सम्बन्धलाई न्यानो बनाउन, र राष्ट्रिय एकता मजबुत बनाउन ठूलो योगदान पुर्याउँछ।

तर, पर्व मनाउँदा विवेक र संयम आवश्यक छ। घाँटी हेरी हाड निलू भन्ने उखान जस्तै, आफ्ना आर्थिक र सामाजिक अवस्थालाई ध्यानमा राख्दै, निष्ठा र विश्वासपूर्वक, वास्तविक मूल्यलाई आत्मसात् गर्दै दसैँ मनाउनु बुद्धिमानी हुन्छ।

यसरी, दशैँ केवल पूजा–आराधनाको पर्व मात्र नभई सत्य, शक्ति, सदाचार, मिलन र समृद्धिको प्रतीक बनेको छ। यो पर्वले हामीलाई विकार त्याग्न, सद्गुण अंगाल्न र जीवनमा सकारात्मक दृष्टिकोण विकास गर्न प्रेरित गर्छ। यही कारणले, दशैँलाई नेपालभित्र मात्र नभई जहाँ–जहाँ नेपालीहरू छन्, त्यहाँ–त्यहाँ राष्ट्रिय आत्मा र संस्कृतिको गौरवूका रूपमा मनाइन्छ।

 महान् पर्व दशैंको महत्त्व र इतिहास

शीर्षक र विषयविवरण
दसैँको नामबडादसैँ, दशहरा, विजया दशमी, आयुध–पूजा, नवरात्र 
समय तिथिआश्विन शुक्ल प्रतिपदा घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म १५ दिन
मुख्य दिनहरूघटस्थापना, फूलपाती,सप्तमी,महाअष्टमी, महानवमी, विजयादशमी, कोजाग्रत पूर्णिमा
नवरात्रि पूजा९ दिनसम्म नवदुर्गा देवीका रूपहरूको पूजा स् शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिधात्री
विजयादशमीको महत्त्वअसत्यमाथि सत्यको विजय देवी दुर्गाले महिषासुरको वध र भगवान् रामले रावणको वध
मुख्य धार्मिक गतिविधिटीका, जमरा ग्रहण, आशीर्वाद थाप्ने, बलि दिने, शस्त्र पूजा गर्ने, दुर्गा–पाठ
सामाजिक पक्षआफन्तजनसँग भेटघाट, नयाँ कपडा लगाउने, मिठो खाने–ख्वाउने, पिङ खेल्ने
वैज्ञानिक र स्वास्थ्य पक्षफूलपातीमा ल्याइने विभिन्न औषधीय पातहरूले घरलाई रोगाणु–जीवाणु मुक्त गर्ने विश्वास
आर्थिक पक्षसरकारबाट दशैँ खर्च तलब, बजारमा कारोबार वृद्धि, व्यापार–व्यवसायमा चहलपहल
सांस्कृतिक पक्षमालश्री धुन, पुराण वाचन, रामलीला भारतमा, देवी–पूजा र सामूहिक मेलापर्व
नैतिक र शिक्षा पक्षदसैँले १० पाप त्याग्ने प्रेरणा दिन्छ काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा, चोरी
समापनकोजाग्रत पूर्णिमा महालक्ष्मीको पूजा–आराधना, जाग्राम बसेर सम्पन्न हुने परम्परा
Share:
Ratings
Rate this Post:

Connect with Us

Get In Touch

Pepsicola-32, Kathmandu 44600

+977 9802364187

info@expertsewa.com

News & Blogs
Quick Links

© Expert Sewa Pvt. Ltd. All Rights Reserved. Crafted by : SAIT Solution Nepal