Home | Blogs

छतबाट सिपेज वा लिकेज रोक्ने तरिका

छतबाट सिपेज वा लिकेज रोक्ने तरिका
Mar 21, 2024 Blog By: Expert Sewa Pvt. Ltd.

घर बनाउदा ढलान गरिसकेपछि सामान्य रुपमा छतमा कोरा गरिन्छ र टाएल हालेर वा मसिनो गरेर फिनिशिंगको काम गरिन्छ तर केहि समय पछि त्यहि छतमा सिपेज र लिकेज भएर पानि छिर्छ अनि समस्या उत्पन्न हुन्छ जसले घरमा बस्ने मानिसलाई तनाब मात्रै दिदैन घरको आयुलाई पनि घटाउदै लान्छ।बनिसकेको घरमा यस्तो सिपेजको समस्या आयो भने त एक्स्पर्ट सेवाले वारेण्टिका साथ स्रोत नै बन्द गरेर समस्याको समाधान गरिरहेको छ र यदि तेस्तो समस्या छ भने तपाइले यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ तर घर बनाउने कर्ममा नै यसोत समस्या आउन नदिनको लागि के गर्ने त ?

१) सहि तरिकाको मिक्स रेसियो बनाउने। 

अधिकांस घरहरुमा ढलान गर्दा १:१.५:३ को मिक्स रेसियो बनाइन्छ। यो मिक्स रेसियोमा तलमाथी नगरी राम्रो संग भाइब्रेटरको प्रयोग गरिनु पर्दछ।  तर लोकल ठेकेदारलाई काम जिम्मा दिदा यो मिक्स रेसियोमा फेरबदल गरेर पैसा बचाउन खोज्छन र जसले गर्दा ढलानमा हनिकम्ब बन्छ अनि ढलान कमजोर हुन्छ। 

२) ढलान गर्दा एड्मिक्चरको प्रयोग गर्ने 

घर बनाउदा यो कुरामा ध्यान दिनुपर्छ कि ढलानमा प्रयोग भयको डन्डीमा भविष्यमा कुनै पनि प्रकारको खिया लाग्न दिनुहुदैन र ढलानमा प्रयोग गरिएको मसला पनि राम्रो संग कम्प्याक्ट हुनुपर्दछ र त्यसको लागि हामीले एड्मिक्चरको प्रयोग गर्नु पर्दछ। 

३) वाटर्प्रुफ़िङ्ग गर्ने 

ढलान गरिसकेपछि कतै पनि वाटर प्रुफिंगको प्रयोग गरेको पाइदैन। जसले गर्दा सिपेज र लिकेजको समस्या आउछ।  वास्तबमा हामीले ढलान गरिसकेपछि ढलान कै लेबलमा वाटर प्रुफिंग गर्नु एकदमै आवश्यक छ। वाटर प्रुफिंग गर्ने विभिन्न तरिकाहरु छन। जस्तै, लेटेक्स कोटिङ्ग, मेम्रेन सिट , बिटुमिन कोटिङ्ग र अरु पनि थुप्रै छन। 

वाटर प्रुफिंग गर्दा ध्यान दिनु पर्ने थुप्रै कुरा हरु छन जसलाई हामीले यो भिडियोमा बिस्तृत रुपमा जानकारी दिएका छौ र यसको लिंक डिस्क्रिप्सनमा पनि दिएको छौ। 

४) कोरा र टाएलको काम 

कोरामा प्रयोग गरिने सिमेन्ट, बालुवा अनि चिप्सको मिसाओट १:३:६ को बनाउने र त्यसमा कोराको मोटाइ ३ इन्च भन्दा धेरै नबनाउने।  अर्को एकदमै ध्यान दिनु पर्ने कुरा भनेको, कोरा गर्दा हामीले पानि जाने ठाउ हरेक ४०० स्क़्वाएर फिटमा एउटा हाल्नु पर्दछ त्यहि अनुसार स्लोप पनि मिलाउनु पर्दछ। स्लोपको कुरा गर्दा हरेक १० फिटमा आधा इन्चको स्ल्प दिनुपर्दछ।

टाएल हाल्दा भने हामीले पानि नसोस्ने खालको टाएल रोज्नु पर्दछ र हरेक टाएलको बिचमा कम्तिमा पनि २ देखि ३ एमएमको ज्ञाप राख्नु पर्दछ।  त्यो ग्यापमा पछि पोलिमर टाएल ग्राउट वा इपोक्सी टाएल ग्राउट लगाउनु पर्छ। ग्राउट लगाउने क्रममा ग्यापको दायाबाया टाएलमा नलागोस भनेर मास्किंग टेपको प्रयोग गर्नुपर्दछ। 

५) ड्रेन होला सिल र स्कर्टिङ्ग सिल 

टाइल हालिसकेपछि हामीले ड्रेन होलालाई राम्रो गरि सिल गर्नुपर्दछ र यसमा हामीले लेटेक्स कोटिङ्ग गर्न सकिन्छ भने इस्कर्टिङ्गको माथि पनि हामीले सिमेन्टको घोला मात्रै होइन लेटेक्स हालेर सिल गर्न सकिन्छ। 

यसो गर्नु भयो भने छतमा काम एकदमै राम्रो हुन्छ र भविष्यमा सिपेज र लिकेज जस्ता समस्याहरु देखा पर्दैन। घर निर्माण तथा मर्मत सम्भार सम्बन्धि भरपर्दो काम र जानकारीको लागि तपाइहरुले हामीलाई यो नम्बरमा (01-5903224 / 9703284252) सम्पर्क वा Whatsapp मा तथा Viber मा मेसेज गर्न सक्नुहुनेछ।

भिडियो हेर्नको लागि यो LINK मा जानुहोला।

Share:
Ratings
Rate this Post:

Connect with Us

Get In Touch

Pepsicola-32, Kathmandu 44600

+977 9802364187

info@expertsewa.com

News & Blogs
Quick Links

© Expert Sewa Pvt. Ltd. All Rights Reserved. Crafted by : SAIT Solution Nepal