Home | Blogs

इट्टाको गुणस्तर आफैले चेकजाच गर्नुहोस !! | Brick Test in site

इट्टाको गुणस्तर आफैले चेकजाच गर्नुहोस !! | Brick Test in site
Apr 1, 2024 Blog By: Expert Sewa Pvt. Ltd.

इट्टाको गुणस्तर आफैले चेकजाच गर्नुहोस !! त्यो पनि १० मिनेटमा

 

घर बनाउदा कस्तो सामान प्रयोग गर्ने वा ठेकेदारले प्रयोग गरेको सामान ठिक छ वा छैन भनेर चिन्ता लाग्नु स्वाभाविक हो।  त्यहि सामानहरु मध्धे एक हो इट्टा र तपाइको घर बनाउने काममा प्रयोग भएको इट्टा ठिक छ वा छैन भनेर तपाइँ आफैले थाहा पाउन सक्नुहुनेछ। आउनुहोस त्यस्ता ५ टेस्टका बारेमा जानौ र बुझौ 

 

इट्टाको गुणस्थर चेकजाच गर्ने तरिकाहरु :-

१) Water Absorption Test (पानि स्वोस्ने क्षेमता) 

यो टेस्टमा हामि इट्टाले कति पानि सोस्छ भनेर टेस्ट गर्नेछौ। इट्टाले जति धेरै पानि सोस्छ त्यतै धेरै इट्टा नराम्रो छ भन्ने बुझिन्छ किन भने यदि हामीले प्रयोग गरेको इट्टाले धेरै पानि सोस्यो भने यसले पछि सिपेज तथा ड्याम्पनेसको समस्या आउने सम्भावना धेरै हुन्छ।

यो टेस्ट गर्नको लागि हामीले एउटा रेगुलर साइजको इट्टा लिने र त्यसको वेट यानकी वजन नाप्ने, त्यसपछि त्यस इट्टालाइ २४ घन्टाको लागि पानीमा डुबाएर राख्ने र त्यस इट्टाको फेरी वजन लिने। यदि इट्टाको वजनमा २० प्रतिसत भन्दा धेरै पानीको मात्रा ( moisture percentage in brick ) भएको खण्डमा उक्त इट्टा प्रयोग गर्न योगना हुने छैन। 

यो त भयो पुरा एक दिन लाग्ने टेस्ट , अब कुरा गरौ अन्य टेस्टको जुन हामीले तुरुन्त गर्न सक्छौ। 

२) Hardness Test (हार्डनेस टेस्ट )

यो टेस्ट गर्ने केहि तरिकाहरु छन् जस्तो कि पहिलो भनेको , कुनै एक इट्टालाइ लिने र त्यसलाई ४ देखि ५ फिटको उचाइ बाट झार्ने ,यदि त्यसो गर्दा उक्त इट्टा फुट्यो भने त्यो इट्टा प्रयोग गर्न योग्य छैन।  त्यसै गरि इट्टाको भागमा कुनै किल्ला वा फलामको टुक्राले स्क्र्याच यानकी कोतर्ने , यदी त्यस्तो गर्दा इट्टामा कोतरिएको घाउ देखियो भने त्यस्तो इट्टा प्रयोग गर्न योग्य हुदैन। 

 

इट्टाको वाल लगाउदा ध्यान दिनु पर्ने १० महत्वपुर्ण कुराहरुको बारेमा यो लिंक मा गएर हेर्न सकिन्छ।

३) Frog in the Brick (कम्पनीको लोगो)

इट्टामा कम्पनिको नाम तथा लोगो राखिएको भागलाई फ्रग भनिन्छ।यो राख्दा बिशेस ध्यान दिएको हुन्छ र यसको काम भनेको इट्टाको वाल लगाउने क्रममा यसमा मसला हालिन्छ जसले गर्दा इट्टाहरु बिचमा राम्रो जोडाइ यानकी बोण्ड बन्दछ।  यो लोगो राख्दा यसको गहिराइ २० एम एम भन्दा धेरै हुनुहुदैन यदि धरै भयो भने मसला धेरै जान्छ र चाहिए जति मजबुती पाउन सकिदैन। 

४) Color of Brick (इट्टाको रंग) 

इट्टा बनाउने क्रममा काचो इट्टालाइ भट्टिमा पकाउने गरिन्छ।यदि पकाउने क्रममा धेरै नै पाकेको खण्डमा इट्टाको शेप र साइजमा फरक आउदछ र रंगमा पनि घाढा रातो अथवा हल्का कालो देखिन्छ र यस्तो इट्टा प्रयोग गर्न मिल्दैन।साथै कम पाकेको इट्टा खैरो रंग वा माटोको रंग जस्तो देखिन्छ र यस्तो इट्टा पनि प्रयोग गर्नु हुदैन। 

५) Sound Test of Brick (आवाज टेस्ट) 

कुनै एक इट्टा लिने र कुनै बलियो चिजले इट्टमा हान्ने वा दुइटा इट्टा एक आपसमा ठोकाउने यदि यसरी हान्दा वा ठोकाउदा इट्टाबाट आउने आवाज फलाममा हान्दा आउने आवाज जस्तै आयो भने उक्त इट्टा प्रयोग गर्न योग्य छ अन्यथा प्रयोग गर्न मिल्दैन। 

 

यी बाहेक पनि इट्टाको गुणस्तर चेकजाच गर्ने धरै तरिका हुन्छन। तर यदि माथि दिएको ५ तरिकामा तपाइले किन्नु भएको इट्टा ठिक छ भने तपाइले प्रयोग गर्न असक्नुहुनेछ। 

 

Share:
Ratings
Rate this Post:

Connect with Us

Get In Touch

Pepsicola-32, Kathmandu 44600

+977 9802364187

info@expertsewa.com

News & Blogs
Quick Links

© Expert Sewa Pvt. Ltd. All Rights Reserved. Crafted by : SAIT Solution Nepal